भ्याक्सिन र अमेरिकी आर्थिक सहायताको अपेक्षासँगै एशियाली शेयर बजारमा बढोत्तरी

Oct 19, 2020 12:26 PM Merolagani

अमेरिकी वित्तीय प्याकेज र यस वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको भ्याक्सिन आउने अपेक्षासँगै सोमबार एशियाली शेयर बजारमा बढोत्तरी देखिएको छ। केही दिन पहिले मात्र पनि एशियाली शेयर बजार साढे ३ वर्षको उचाईमा पुगेको थियो। 

सोमबार जापान बाहिरको एशिया–प्यासिफिक शेयर सूचक ०.६ प्रतिशतले बढेको छ। यो सूचक लगातार दोस्रो कारोबार दिन बढेको हो।

कोरोना भाइरको भ्याक्सिन आउने र योसँगै जोखिम कम हुने अपेक्षासँगै यो सूचकमा पछिल्लो १० सेसनमध्ये ८ सेसनमा बढोत्तरी देखिएको छ।

यसैगरी चीनमा आर्थिक गतिविधिमा सुधार हुने विभिन्न संकेतसँगै चिनीयाँ शेयर ब्लू–चिप इन्डेक्समा बढोत्तरी देखिइरहेको छ।

यता जापानको निक्केई सूचक र अस्ट्रेलियाको बेन्चमार्क इन्डेक्स १.१ प्रतिशतले बढेको छ।
यसैगरी, एस एण्ड पी ५०० सूचक एशियाली कारोबारमा ०.६ प्रतिशतले बढेको छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।