अघिल्लो कारोबार दिन करिब ९८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन १९३ कम्पनीको १८ हजार ४२६ पटकको कारोबारमा १ अर्ब २४ करोड १२ लाख ४२ हजार रुपैयाँ बराबरको ४९ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स २.४ अंक, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७ अंक बढेको छ।
मंगलबार कारोबारमा आएका ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जनरल इन्स्योरेन्स, माउन्टेन हाइड्र, हिमाल दोलखा हाइड्रोपावर र जोशी हाइड्रोपावरका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यस दिन पनि शेयरमूल्य घटेका कम्पनीहरुको गिरावट दर न्यून रहेको छ। कुनै पनि कम्पनीको शेयरमूल्य यस दिन २ प्रतिशतभन्दा बढी घटेको छैन।
यस दिन कारोबारमा आएका १२ वटै उपसमूहका परिसूचक बढेका छन्। यसमध्ये हाइड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत बढेको छ। त्यसैगरी, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन अरुण काबेली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ८२ लाख ९२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी यस दिन अपि पावरको ७ करोड ६५ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।