समृद्धि फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

Oct 22, 2020 06:47 AM Merolagani

समृद्धि फाइनान्स कम्पनी लिमिटेड (SFCL) ले असोज १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (कात्तिक ६ गते) अन्तिम दिन हो।

फाइनान्सले चुक्ता पूँजीको दुई सय प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ २ कित्ता अनुपातमा हकप्रद निष्काशन गरेको हो। यसअनुसार फाइनान्सले एक सय रुपैयाँ अंकित दरका ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद जारी गरेको हो।

हकप्रद निष्काशनका लागि फाइनान्सले भदौ १२ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार भदौ ११ गते बिहीबारसम्म कायम यस फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रदमा बिओके क्यापिटल, समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा र पुतलीसडक तथा बुटवल शाखा कार्यालय, बैंक अफ काठमाण्डूका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बिर्तामोड, धनगढी, जनकपुर र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सको हकप्रद निष्काशनलाई इक्राएनपि आईपीओ ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ५ रेटिङ्गले फाइनान्सको वित्तीय आधारभुत अवस्था कमजोर रहेको संकेत गर्दछ।

हाल १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ रहेको फाइनान्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।