बैंक तथा वित्तीय संस्था खुल्ने आज अन्तिम दिन, आज खरिद गरेको शेयरको भुक्तानी पनि अब दशैपछि

Oct 22, 2020 08:06 AM merolagani

भोलीदेखि बैंक तथा वित्तीय संस्था बन्द हुने हुँदैछन् । दशैंअघि बैंक तथा वित्तीय संस्था खुल्ने आजमात्र अन्तिम दिन हो ।

त्यसैले आज बैंक तथा वित्तीय संस्थाबाट रकम निकाल्नेको भिडभाड बढी हुने सम्भावना रहेको बैंकका कर्मचारी बताउँछन् ।

कारोना भाइरसको संक्रमण फैलिएका कारण बैंक तथा वित्तीय संस्था सेवा प्रवाहमा समेत अहिले समस्या छ ।
नेपाल बैंकर्स संघले बैंकको शाखा कोरोना कारण पनि बैंकहरु बन्द गर्न लागेको जनाएको छ । संघका अनुसार अहिलेसम्म ३ हजार ७ सय भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

रकम निकाल्नु पर्ने भए आज बैंक जानुपर्ने हुन्छ । शेयर खरिद गर्नेले पनि दशैपछि मात्र रकम बुझाए हुने भएको छ ।

दशैं बिदाको लागि बैंक तथा वित्तीय संस्था ५ दिनको लागि बन्द हुने छन् । अघिल्लो वर्ष दशैंको दिन बाहेक अरु दिन केही शाखा कार्यालयहरु सिमित घण्टाको लागि खुलेपनि यो पटक भने दशैं बिदाको ५ दिन कुनैपनि शाखा खुल्ने छैनन् ।

संघले सूचना जारी गर्दै कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकका शाखाहरु बन्द हुने भएका छन् । यो अवधिमा बैंकको शाखा कार्यालय बन्द भएपनि डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ भने सञ्चालनमा आउने छन् । यस्तै बैंकहरुको एटिएम सेवा पनि नियमित रुपमा हुने संघले जनाएको छ ।

संघले कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङका अधिकतम प्रयोग गर्न समेत आग्रह गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।