सुनको मूल्यमा आएको वृद्धिले बिहीबार पनि निरन्तरता पायो, चाँदीको भाउ भने घट्यो

Oct 22, 2020 11:40 AM Merolagani

सुनको मूल्यमा आएको वृद्धिले पुन : निरन्तरता पाएको छ । कार्तिक ६ गते, बिहीबार सुनको मूल्यले तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायीका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार पनि सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला ९५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार चाँदीको भाउ भने घटेको छ । यसदिन तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २३० रुपैयाँमा खरिदबिक्री भएको छ । बुधबार भने चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।