यस वर्षको दशैंमा ‘दोब्बर दक्षिणा’ पाउने सम्भावना बढ्याे, यस्ताे छ कारण

Oct 22, 2020 06:27 PM merolagani

विष्णु बेल्वासे

गत वर्षको दशैंमा भन्दा यसपालीको दशैंमा टिका लगाउन जानेले दोब्बर दक्षिणा पाउने भएका छन् । गत वर्षको दशैंमा टिकालगाउन जो कोही पनि जाने भएकाले धेरै जनालाई दक्षिणा बाडँदा कम रकम पाउने सम्भावना थियो ।

तर यसपालीको दशैमा सिमित व्यक्तिले मात्र टिकाटालो लगाउने भएका कारण दक्षिणा त्यसरी छरिएर जान नपाउने र एक व्यक्तिले बढी दक्षिणा पाउने सम्भावना बढेको हो ।

गत वर्षहरुमा परिस्थिति सहज थियो । त्यसो भएकाले धेरैजना व्यक्तिलाई टिकाटालो लगाएवापतको दक्षिणा दिनु पर्दथ्यो । तर,अहिले सामाजिक दुरी कायम गर्दै सिमित मात्र व्यक्ति टिकाटालो लगाउन जाने भएकाले बढी दक्षिणा पाउने सम्भावना रहेको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बताए ।

‘गत साल १०० रुपैयाँ दक्षिणा पाउनेले यसपाली २०० रुपैयाँ पाउने छन्’ उनले भने, ‘गत वर्षहरुमा दक्षिणा धेरैलाई बाडँनु परेकाले एक जनाको भागमा कम पर्दथ्यो तर, यसपाली सिमित व्यक्ति मात्र टिका लगाउन पुग्ने भएकाले तिनीहरुको भागमा बढी पर्ने देखिन्छ ।’यसपालीको दशैंमा टिकालगाउन जानेको उपस्थिति नै कम हुने भएकाले धेरै दक्षिणा पाउने सम्भावना रहेको पनि उनको भनाइ छ ।

अर्को कुरा, राष्ट्र बैंकले यसपाली नयाँ नोट नै साट्ने व्यवस्था गरेन् । साना दरका नयाँ नोट नसाटेकाले पनि सर्वसाधारणमा उक्त दरका नोट नै पुग्न नसकेको पूर्व गभर्नर क्षेत्री बताउँछन् । ‘गत वर्ष १६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट राष्ट्र बैंकले वितरण गरेको थियो,’ उनले भने, ‘यसपाली त कोरोना भाइरस संक्रमणको कारण देखाउँदै नयाँ नोट सटही गरेन्, त्यसैले पनि साना दरका नोटहरु गाउँ पस्न सकेका छैनन् ।’

पछिल्लो समय सानो तीना दरका नोटले केही पनि नआउने अवस्था आएपछि ठूला दरको नोटको माग बढदै गएको छ । गत वर्षको दशैंमा ५० र १०० दरका नोटको माग अत्याधिक भएको थियो । राष्ट्र बैंकलाई ती दरका नोट व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो ।

दशैंको टिका लगाइ दिएर साना बालबालिकदेखि ठूला पाहुँनालाई समेत कम्तिमा ५० र १०० दरका नोट दिन थालिएको छ । पछिल्लो समय ठूला दरका नोटको माग बढेको छ ।

उपभोग्य बस्तुको मूल्य बृद्धिसँगै साना दरका नोट प्रचलन कम हुन थालेको छ । १०, २० रुपैयाँले सानोतिनो खेलौना, चाउचाउसम्म पनि नआउने भएपछि बिस्तारै ती दरका नोटमा कमी आउन थालेका हुन् ।

प्रत्येक वर्ष बस्तुको मूल्य बढेको बढ्यै छ ।त्यस्ता बस्तु खरिद गर्न बढी रकम चाहिने भएको छ । ठूलो झोलामा पैसा लगेर सानो झोलामा समान ल्याउने अवस्था आउन थालेको छ ।

दैनिक उपभोग्य बस्तु तरकारी, दाल, चामल, पिठोलगायतका बस्तुको भाउ पनि त्यसैगरी बढेको छ । लत्ता कपडा, भौतिक निर्माणका सामग्री बढेको बढ्यै छन् । बस्तुको मूल्य बढेसँगै साना दरका नोट बिस्थापित हुन थालेका हुन् ।

राष्ट्र बैंकले १ र २ रुपैयाँका कागजी नोट पनि छाप्न छाडेको छ । ती दरका सिक्का पनि कम छाप्न थालिसकेको छ । त्यस्तै राष्ट्र बैंकले ५ र १० रुपैयाँ दरका नोट पनि क्रमशः कम छाप्न थालिएको छ ।
अहिले राष्ट्र बैंकले अहिले ५, १०, २०, ५०, १००, ५०० र १००० का नोट छापिरहेको छ ।

राष्ट्र बैंकले पनि ५० र १०० दरका नोटको माग बढेसँगै व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा छ । यसपालीको दशैंमा कारोना भाइरस संक्रमणका कारण नयाँ नोट राष्ट्र बैंकले साटने गरेन् ।

ठूला दरका नोटको माग बढदै गएपछि ती नोटको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा राष्ट्र बैंक चिन्तित देखिएको छ ‘नयाँ नोट वितरणको व्यवस्थापन मिलाउन त समस्या छ नै,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘त्यसमा पनि माग बढी हुने ५० र १०० दरका नोट कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ ।’

राष्ट्र बैंकले प्रत्येक वर्ष ५, १०, २०, ५० र एक सय दरका नयाँ नोटको सटही खुल्ला गर्ने गर्दथ्यो तर यस वर्ष भने कोरोनाका कारण उक्त व्यवस्थालाई निरन्तरता दिन सकेन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।