सिटिजन्स बैंकको खुद नाफा ४७.६६ प्रतिशत बढ्यो, ईपीएस कति?

Oct 23, 2020 06:54 AM Merolagani

सिटिजन्स बैंक इन्टरनेशल लिमिटेड (CZBIL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार पहिलो त्रैमासमा बैंकको नाफा बढेको छ।

चालु आवको पहिलो त्रैमाससम्ममा बैंकले ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ४७.६६ प्रतिशत अर्थात१६ करोड ६४ लाख २२ हजार रुपैयाँ बढी हो। खुद ब्याज आम्दानी बढेसँगै इम्पेरिमेन्ट रिभर्सल हुनुका साथै अन्य आम्दानी बढेपछि नाफा बढे्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३ करोड ८ लाख ४७ हजार रुपैयाँ बढेर ८३ करोड ९१ लाख ७२ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २४ करोड ३८ लाख ६२ हजार रुपैयाँ बढेर ७३ करोड ३० लाख ७५ हजार रुपैयाँ पुगेको छ। गत आवको पहिलो त्रैमासमा ३ करोड ३८ लाख ५३ हजार रुपैयाँ रहेको इन्मेरिमेन्ट चार्ज चालु आवको सोही अवधिमा २ करोड ५१ लाख ५५ हजार रुपैयाँ रिभर्स भएको छ। यसले पनि बैंकको खुद नाफा बढाउन टेवा पुगेको हो। यसका साथै खुद फि तथा कमिशन आम्दानी र खुद ट्रेडिङ्ग इन्कम बढेका कारण खुद नाफा बढ्न पुगेको हो।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। गत आवको असोज मसान्तसम्ममा १६ रुपैयाँ २० पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आवको सोही अवधिमा ६ रुपैयाँ ४९ पैसा बढेर २२ रुपैयाँ ६९ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ९.४८ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा कायम भएको छ।

असोज मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा ३ अर्ब ९० करोड ५९ लाख रुपैयाँ र शेयर प्रिमियममा ९४ करोड ३७ लाख २३ हजार रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले ९७ अर्ब ९४ करोड ६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८२ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ९२ लाख ७४ हजार रुपैयाँ रहेको छ।

गत आवको असोज मसान्तको तुलनामा बैंकको खराब कर्जाको अनुपात ०.९८ प्रतिशतबाट बढेर १.४३ प्रतिशत पुगेको छ। त्यसैगरी, बैंकको क्यापिटल फण्ड टु आरडब्लुए १२.६६ प्रतिशतबाट बढेर १४.३८ पुगेको छ भने कष्ट अफ फण्ड ८.३० प्रतिशतबाट घटेर ६.७९ प्रतिशत पुगेको छ। बैंकको सिसिडी रेशिया ७३.५० प्रतिशत, बेस रेट ८.८१ प्रतिशत र स्प्रेड रेट ४.४० प्रतिशत रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।