तीन महिनामा बीमा कम्पनीहरुको बीमाशुल्क चार अर्ब नजिक,नेपाल लाइफ र शिखरको अग्रता

Oct 24, 2020 10:24 AM Merolagani

नेपालमा संचालनमा रहका बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो महिना (असोज) सम्ममा करिब ४० अर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का बावजुत व्यवसायमा असर गरेपनि जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले सो बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

बीमा समितिको तथ्यांक अनुसार बीमा कम्पनीहरुबाट ३९ अर्ब ९० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन भएको छ । जीवन बीमा ब्यवसायतर्फ ३२ अर्ब ३२ करोड र निर्जीवन बीमा तर्फ ७ अर्ब ५८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन भएको हो ।

जीवन बीमा अन्तर्गत नेपाल लाइफ एक्लैले ९ अर्ब १ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरेको छ भने निर्जीवन तर्फ शिखर इन्स्योरेन्सले ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरी अग्रता कायमै राखेको छ ।

नेपाल लाइफको मात्रै २८ प्रतिशत योगदान

चालु आर्थिक वर्षको असोज सम्ममा जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुबाट सो बराबरको बीमा शुल्क संकलन गरेको हो ।

बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमा नेपाल लाइफको मात्रै २७.८८ प्रतिशत योगदान रहेको छ । नेपाल लाइफ एक्लैले यस अवधि सम्ममा ९ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।

यस्तै एलआईसी नेपालले ५ अर्ब ५ करोड, राष्टिय बीमा संस्थानले ४ अर्ब ३५ करोड नेशनल लाइफले २ अर्ब ८२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

नयाँ बीमा कम्पनी युनियन लाइफले पुराना एशियन लाइफ, मेट लाइफ, प्राइम लाइफ, सुर्या लाइफ र गुराँस लाइफको भन्दा बढी बीमाशुल्क संकलन गरेको छ । युनियन लाइफले तीन महिनामा १ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

एशियन लाइफ, मेट लाइफ, प्राइम लाइफले पनि यस अवधिमा एक अर्ब बढी बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । भने बाँकि कुनैपनि बीमा कम्पनी बीमाशुल्क एक अर्ब माथि पुर्याउन सकेका छैनन् ।

सबै भन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले २४ करोड रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेको छ ।

निर्जीवन तर्फ शिखरको अग्रता कायमै

निर्जीवन बीमा कम्पनीहरु तर्फ शिखर इन्स्योरेन्सले सबै भन्दा धेरै बीमाशुल्क आर्जन गरेको छ । चालू आर्थिक वर्षको असोज सम्ममा निर्जीवन बीमा कम्पनीहरुबाट कुल ७ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो हाल संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरु मध्ये राष्ट्रिय बीमा कम्पनी बाहेकबाट उक्त रकम बराबरको बीमा शुल्क संकलन गरेको हो ।

बीमा समितिको तथ्यांक अनुसार सबै भन्दा धेरै शिखर इन्स्योरेन्सले ९० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ११.८७ प्रतिशत हो ।

सगरमाथा इन्स्योरेन्सले ७३ करोड अर्थात कुल बीमाशुल्कको ९.६३ प्रतिशत बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै नेको इन्स्योरेन्सले ६८ करोड, सिद्धार्थ इन्स्योरेन्सले ६२ करोड, एनएलजी इन्स्योरेन्सले ५६ करोड र प्रिमियर इन्स्योरेन्सले ४५ करोड रुपैयाँ कुल बीमशुल्क आर्जन गरेको छ ।

नयाँ संचालनमा आएका अजोड इन्स्योरेन्सले ३३ करोड रुपैयाँ कुल बीमा शुल्क कमाएको छ । यो पुरानो संचालनमा रहेका नेपाल इन्स्योरेन्स, ओरेन्टल इन्स्योरेन्स, प्रिडेन्सियल, नेशनस एभरेष्ट, युनाइटेड र हिमालयन जनरल इन्स्यारेन्सको भन्दा बढी हो ।

यस्तै सबै भन्दा कम सानिमा जनरल इन्स्यारेन्सले १२ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।