शनिबार थप २२२५ जनामा कोरोना संक्रमित थपिए, १३ जनाको निधन

Oct 24, 2020 04:54 PM Merolagani

शनिबार थप दुई हजार २२५ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको कुल संख्या एक लाख ५५ हजार २३३ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत एक दिनमा कोभिड १९का कारण १३ जनाको निधन भएको छ । अहिलेसम्म देशभरमा कुल ८४२ संक्रमितको ज्यान गइसकेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा दुई हजार ८४६ जना कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा कुल एक लाख आठ हजार ३३४ जना संक्रमणमुक्त भइसकेका छन् ।

हाल देशभरमा क्वारेन्टिनमा तीन हजार ३२२ जना रहेका छन् भने मुलुकमा आजसम्म कुल १३ लाख ८० हजार ८६२ पीसीआर परीक्षण भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।