गुराँस लाइफको मूल्य समायोजन

Nov 05, 2020 09:55 AM Merolagani

कात्तिक २० गते, बिहीबार नेपाल स्टक एक्सचेञ्जले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (GLICL) को मूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो।

नेप्सेले ५.२५ प्रतिशत बोनस शेयर समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ५७६ रुपैयाँ ७२ पैसा तोकेको छ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बुधबारको अन्तिम कारोबार मूल्य ६०७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न  मंसीर ४ गते प्रधान कार्यालय,तीनकुने काठमाडौँमा बिहान १०: ३० बजे सभा डाकेको छ।

इन्स्योरेन्सले आंर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित मंसिर ४ गते कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा डाकेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत अर्थात शतप्रतिशत हकप्रद निष्काशन पश्चात नेप्सेमा सूचीकरण भई वृद्धि भएको चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ५ जना र सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने १ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेकोमा हकप्रद शेयर सूचीकरण पश्चात बढेर १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम भएको छ। सञ्चालक समितिले प्रस्ताव गरेको ९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९७ करोड ५५ लाख ४८ हजार ६०० रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।