सिटिजन्स बैंकले संशोधन गर्यो लाभांश

Nov 05, 2020 10:35 AM Merolagani

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

बैंकले असार मसान्तसम्मको चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र ३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ। यस अघि बैंकले सो चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। बैंकले यस अघि प्रस्ताव गरेको कुल लाभांश अर्थात ११ प्रतिशत भने यथावत रहेको जनाएको छ।

कात्तिक १९ गते बसेको सञ्चालक समितिको ३४६ औँ बैठकले सो संशोधन गरेको हो। नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात सो लाभांश वितरण गरिने बैंकले जनाएको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।