सातामा साढे ९ अंक घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

Nov 06, 2020 02:32 PM Merolagani

यस साता नेप्से परिसूचक साढे ९ अंक अर्थात ०.५८ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन १६४५.६७ विन्दुमा बन्द भएको नेप्से यस साता ९.५० अंक घटेर १६३६.१७ विन्दुमा झरेको छ।

यस साता सेन्सेटिभ इण्डेक्स ३.६८ अंक घटेर ३२४ विन्दुमा झरेको छ।

नेप्से परिसूचकसँगै यस साता कारोबार रकममा पनि कमी आएको छ। गत साताको तुलनामा यस साता कारोबार रकम १५.१७ प्रतिशत घटेको छ। गत साता २ अर्ब ८८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस साता २ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस साता कुल बजार पूँजीकरण ०.२९ प्रतिशत घटेर २१ खर्ब ९२ अर्ब रुपैयाँमा सीमित भएको छ।

कारोबारमा आएका १२ उपसमहमध्ये यस साता ४ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक यस साता सर्वाधिक १०.९५ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्त उपसमूहको परिसूचक ३.१७ प्रतिशत र हाइड्रोपावरको ३.०६ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग उपसमूहको परिसूचक यस साता सर्वाधिक २.९३ प्रतिशत घटेको छ।

यस साता कालिका लघुवित्त, नेशनल माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त लगायतका कम्पनीहरुका मोस्ट पपुलर बाइ स्टकको सुचीमा परेका छन् भने शिवश्री हाइड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स, एनएमबी बैंक लगायतका कम्पनीहरुका मोस्ट पपुलर सेल स्टकमा परेका छन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।