अन्य सञ्चालन आम्दानीसँगै घट्यो वोमीको नाफा

Nov 12, 2020 01:20 PM Merolagani

ग्रामिण स्वयमसेवक लघुवित्तसँग मर्जर प्रकृयामा रहेको वोमी लघुवित्त वित्तीय संस्थ (WOMI) ले चालु आर्थिक वर्षकाे पहिलो त्रैमासमा १ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्ष नाफा ७७ लाख रुपैयाँले घटेको हाे। 

लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढेको भए पनि सञ्चालन आम्दानीमा गिरावट आँउदा खुद नाफा घटेको हो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ४ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा लघुवित्तले ४ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

लघुवित्तको अन्य सञ्चालन आम्दानी भने १ करोड ४१ लख रुपैयाँबाट घटेर ९३ लाख २७ हजार रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा लघुवित्तले ९३ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३ करोड ३६ लाख रुपैयाँ सापटी मार्फत २ अर्ब ४५ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यसै अवधिसम्ममा लघुवित्तले ६७ करोड ६१ लख रुपैयाँ निक्षेप संकलन गरी ९९ करोड ४१ लाख सापटी लिएर २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

यस अवधिमा लघुवित्तको खराब कर्जा बढेकाे छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ०.५९ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको सोहि अवधिमा बढेर १.३७ प्रतिशत पुगेको छ।

हाल २७ करोड ७८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा १९ करोड ८९ लाख रुपैयाँ सञ्चित छ। प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा रहेको यस लघुवित्तको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात ३८.१२ गुणा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।