खराब कर्जा उठाउन सफल भएपछि नेपाल एग्रो लघुवित्तको नाफा बढ्याे

Nov 12, 2020 03:10 PM Merolagani

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था (NAGRO) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य नाफा कमाउन सफल भएकाे छ। लघुवित्तले यस अवधिमा उल्लेख्य खराब कर्जा उठाउन सफल भएपछि नाफा करिब ३०० प्रतिशतले बढेकाे हो।

लघुवित्तले चालु आर्थिक वर्षको पहिलाे त्रैमासमा ६१ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे गत आर्थिक वर्षको यसै अवधिकाे तुलनामा २९९.४ प्रतिशत अर्थात ४६ लाख १६ हजार रूपैयाँले बढी हाे। लघुवित्तले गत आर्थिक वर्षको यस अवधि १५ लाख ४२ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

लघुवित्तले साे अवधिमा ६ कराेड ६ लाख रूपैयाँ खराब कर्जा उठाएपछि नाफामा सुधार देखिएकाे हाे।

असोज मसान्तसम्ममा लघुवित्तले १ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३८ लाख २८ हजार रुपैयाँ बढी हो। यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ५ करोड ९ लाख रुपैयाँले ऋणात्मक देखिएको छ। 

यस अवधिसम्ममा लघुवित्तले २५ करोड ३१ लाख रुपैयाँ निक्षेप र ६३ करोड १२ लाख रुपैयाँ सापटीबाट ७८ करोड ४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्ता पूँजी ५ करोड ७२ लाख रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा २ कराेड ३५ लाख रुपैयाँ सञ्चित छ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १० रुपैयाँ ७६ पैसा कायम भएको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ९ पैसा र वार्षिक मूल्य आम्दानी अनुपात ६६.९२ गुणा कायम भएको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १.०९ प्रतिशत रहेको लघुवित्तकोे निष्क्रिय कर्जा यस अवधिमा बढेर ४.२९ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिमबापत ५ करोड ९८ लाख ८० हजार रुपैयाँ छुट्याएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।