रसुवागढी हाइड्रोपावर नाफामा

Nov 22, 2020 11:06 AM Merolagani

नोक्सानीमा रहेको रसुवागढी हाइड्रोपावर कम्पनी (RHPL) नाफामा गएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनी गत आवको यसै अवधिमा १ करोड ४६ लाख ७६ हजार रुपैयाँले नोक्सानीमा रहेको थियो । 

विद्युत उत्पादन सुरु भइनसकेको भएपनि अन्य स्रोत मार्फतको आम्दानी बढाउँदा कम्पनी नाफामा पुगेको हो । यस अवधिमा कम्पनीले अन्य स्रोत मार्फत् १ करोड २८ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको सञ्चालन नाफा भने ७८ लाख ८४ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

चुक्ता पूँजी ६ अर्ब १५ करोड ७८ लाख रुपैयाँ रहेको कम्पनीको शेयरधनी कोष १९ करोड ६८ लाख रुपैयाँले ऋणात्मक छ ।

प्रतिशेयर आम्दानी ३२ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ८० पैसा छ ।

रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमताको निर्माणाधिन आयोजनाको ७८ प्रतिशत भौतिक प्रगति रहेको कम्पनीले जनाएको छ ।

आयोजनामा ५० प्रतिशत स्वपूँजी तथा ५० प्रतिशत ऋण रहने गरेको वित्तीय व्यवस्थापन गरेकोमा स्वपूँजी अन्तर्गत ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ । जसमध्ये नेपाल विद्युत प्राधिकरणको १८ प्रतिशत, चिलिमेको ३२.७९ प्रतिशत, रसुवाको स्थानीय तहको ०.२१ प्रतिशत गरि ३ अर्ब ४८ करोड ९४ लाख ७१ हजारको संस्थापक शेयर र सर्वसाधारण शेयरधनीतर्फ २ अर्ब ६६ करोड ८४ लाख १९ हजार गरी कूल ६ अर्ब १५ करोड ७८ लाख ९० हजारको शेयर स्वामित्व रहेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।