राधी विद्युत कम्पनीको नाफामा सामान्य सुधार

Nov 22, 2020 12:35 PM Merolagani

राधी विद्युत कम्पनी (RADHI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा १० लाख रुपैयाँ अर्थात् ४.१२ प्रतिशतले धेरै हो । 

गत आवको यसै अवधिमा कम्पनीले २ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

विद्युत विक्रीको आम्दानी घटेपनि समग्रमा खर्च व्यवस्थापन गर्दा कम्पनीको नाफामा बढोत्तरी देखिएको हो ।


यस अवधिमा कम्पनीले विद्युत विक्री मार्फत् ४ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको यसै अवधिको तुलनामा १६ लाख ४५ हजार रुपैयाँ ३.५१ प्रतिशत कम हो ।

चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७१ पैसा छ । यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ १४ पैसा र मूल्य आम्दानी अनुपात १२.५७ गुणा छ। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।