युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा १२.३ गुणा बढी आबेदन

Nov 22, 2020 06:08 PM Merolagani

युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा १२.३८ गुणा बढी आबेदन परेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार ५ लाख ५७ हजार २८९ वटा आबेदनबाट एक करोड ६९ हजार कित्ता शेयर माग भएको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ८ लाख १२ हजार ७३६ कित्ताको १२.३८ गुणा बढी हो । 

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सो मध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको हो । 

त्यस मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरमा मात्रै सर्वसाधारण लगानीकर्ताले  पाउनेछन् ।

कम्पनीको शेयरमा माग भन्दा बढी आबेदन परेकाेले न्युन्तम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ । धितोपत्र निष्काशन तथा बाँडफाँड नियमवली अनुसार ८१ हजार २७३ जनाले मात्रै शेयर पाउनेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।