सनराइज बैंकको लाभांश घोषणा, बोनस कति ?

Nov 23, 2020 11:30 AM Merolagani

सनराइज बैंक (SRBL) ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कार्तिक ७ गते बसेको ३५९ औँ बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 बैठकले २०७७ असार मसान्त सम्मका मुनाफाबाट ५२ करोड १ लाख रुपैयाँ बराबरको ५.८० प्रतिशत बोनस र कर सहित २२ करोड २४ लाख रुपैयाँ बराबरको २.४८ प्रतिशत नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कुल ८.२८ प्रतिशत अर्थात् ७४ करोड २५ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश राष्ट्र बैकबाट स्वीकृति प्राप्त भई आगामी साधारण सभाबाट पारित भएपछि शेयर धनीले पाउनेछन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।