अमेरिकी नागरिकले डिसेम्बरमा कोरोना भ्याक्सिन पाउने, जर्मनी र बेलायतमा पनि छिट्टै प्रदान गरिने

Nov 23, 2020 05:58 PM Merolagani

कोभिड–१९ को भ्याक्सिन पहिलो पटक अमेरिकी नागरिकहरूले डिसेम्बर महिनाको सुरुवातमा नै पाउने भएका छन् । यूएस कोभिड–१९ टास्कका प्रमुख मोन्सेफ सलोईले उक्त भ्याक्सिन ११ डिसेम्बरसम्ममा पाउन सक्ने बताएका हुन् । 

उनले भने, अमेरिकामा पहिलो व्यक्तिलाई ११ डिसेम्बरमा भ्याक्सिन दिइनेछ । हाम्रो प्रयास यो छ कि, एफडीए भ्याक्सिनलाई अनुमति दिएसँगै हामी यसलाई लगाउने काम सुरु गर्नेछौँ। यसका लागि सम्पूर्ण तयारी पहिले नै पूरा भइसकेको छ । मलाई पूरै आशा छ कि, ११ वा १२ डिसेम्बरसम्म हामीलाई भ्याक्सिनको अनुमति प्राप्त हुनेछ । राज्यहरुले पनि यसका लागि सबै आवश्यक तयारीहरु पूरा गरिसकेका छन् ।

अमेरिकामा १० डिसेम्बरमा एफडीएको महत्वपूर्ण छलफल हुन गइरहेको छ। यसै दिन उक्त एजेन्सीले भ्याक्सिनलाई स्वीकृती दिनसक्ने मानिएको छ ।

कोरोना संक्रमण र मृत्यु हुनेको संख्यामा अमेरिका पहलिो स्थानमा रहेको छ । डिसेम्बरमा भ्याक्सिन आउने खबर अमेरिकी नागरिकहरु र जो बाइडेनको आउदो सरकारका लागि एउटा महत्वपूर्ण खबर हुने बताइएको छ ।

अमेरिकासँगै जर्मनी र बेलायतमा पनि भ्याक्सिन छिट्टै आउने भएको छ । यि देशहरुका अनुसार, भ्याक्सिनेशन डिसेम्बरमा औपचारिक रुपमा सुरु हुनेछ ।

जर्मनीका स्वास्थ्य मन्त्रीले पनि यो कुराको पुष्टि गरेका छन् कि, डिसेम्बरबाट भ्याक्सिनेशन सुरु हुनेछ ।

स्पेनमा जनवरीबाट भ्याक्सिनेशन सुरु हुने
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेझले देशमा भ्याक्सिनेशनको काम जनवरी महिनामा सुरु हुने बताए। उनले भने, हामीले आफ्नो तर्फबाट सम्पूर्ण जरुरी व्यवस्थाहरु गरिसकेका छौँ । देशमा जनवरीमा भ्याक्सिनेशन सुरु हुनेछ र तीन महिनामा पूरै देशलाई यसको डोज उपलब्ध गराउने गरी हामीले काम गरिरहेका छौँ । एजेन्सीको सहयोगमा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।