एक व्यक्तिका १० वटासम्म बैंक खाता, तर नियमित सञ्चालन भने एक वा दुई खाता मात्रै

Nov 24, 2020 11:25 AM merolagani

एक व्यक्तिका बिभिन्न बैंकमा १० वटासम्म खाता रहेका छन् । तर बढी सञ्चालन भने ती खाता मध्ये एक वा दुई बैंकको मात्र हुने गरेका छन् ।

काम बिशेषले एक व्यक्तिले धेरै बैंकमा खाता खोल्ने गरेका छन् । तर, एक बैंकमा खोलिएको खाता बन्द नगरी अर्को बैंकमा खाता खोल्न पुग्दा एक व्यक्तिका १० वटासम्म खाता हुने गरेका हुन् ।

बैंकहरुले बैंकमा खाता खोलेको ६ महिना भित्र खाता बन्द गर्दा शुल्क लिने व्यवस्था गरेका कारण पनि खाता बन्द गर्न इच्छुक नदेखिएका हुन् ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक व्यक्तिले बैंकमा ९ देखि १० वटासम्म खाता खोलेको पाइएको जानकारी दिए । ‘एक व्यक्तिले धेरै खाता खोलेका कारण बैंकमा खाताको संख्या बढी देखिएको हो,’ उनले भने, ‘तीनपुस्ते भिडाएर हेर्दा करिब एक करोड नेपालीले कम्तीमा दुई खाता खोलेको देखिन्छ ।’

२०७६ मा नयाँ खाता खोल्नेलाई खातामै १ सय रुपैयाँ राखिदिने योजना ल्याएपछि खाता खोल्नेको संख्या ह्वात्तै बढेको थियो । ‘बैंकहरुले सबै नेपालीको खाता अभियानअन्र्तगत प्रोत्साहनस्वरुप हरेक नयाँ खातामा १ सय रुपैयाँ बैंककै तर्फबाट मौज्दात राखिदिने व्यवस्था गरेका थिए,’ राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने, ‘यसले पनि बैंक खातामा वृद्धि गराएको हो ।’ बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नाफा रकमबाट खर्च गर्नुपर्ने १ प्रतिशत रकम यस्तो मौज्दात राख्न प्रयोग गर्दै आएका छन् ।

पछिल्लो समय सामाजिक सुरक्षा कार्यक्रम लागू गर्नु र सरकारले औपचारिक रोजगारीमा रहेकालाई बैंक खातामार्फत पारिश्रमिक भुक्तानी दिनुपर्ने व्यवस्था अनिवार्य गरेकाले पनि खाताको संख्यामा वृद्धि भएको हो ।

गत मंसिरसम्म निक्षेप खाताको संख्या २ करोड ९२ लाख पुगेको छ । वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीहरूमा रहेको तीन पुस्ते विवरणमा विश्लेषण गरी एक व्यक्तिको एकभन्दा बढी रहेका खातालाई हटाएर हेर्दा करिब १ करोड ९० लाख निक्षेप खाता रहेको देखिन्छ । यसको अर्थ करिब एक करोड नेपालीले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा कम्तीमा दुई खाता खोलेको स्पष्ट हुन्छ ।

करिब कूल जनसंख्या कै हाराहारीमा बचत खाता देखिए पनि एक व्यक्तिले धेरै बैंक तथा वित्तीय संस्थामा बचत खाता खोलेकै कारण बढी खाता देखिएका हुन् ।

राष्ट्र बैंकले एक वर्षअघि मुलुकमा बैंकिङ पहुँच ६०.९ प्रतिशत पुगेको जनाएको थियो । एकै व्यक्तिले १० वटा बैंकमासमेतखाता खोल्ने गरेका कारण उक्त तथ्यांकले वित्तीय पहुँचको वास्तविक र स्पष्ट अवस्था देखाउँदैन ।

यसमा लघुवित्त र सहकारीको पहुँच समावेश गरिएको छैन । त्यो पनि समावेश गर्ने हो भने यो भन्दा धेरै पहुँच पुगेको तथ्यांक निस्कने अनुमान केन्द्रीय बैंकले गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले शाखा विस्तारलाई तीव्रता दिइरहेका छन् । हाल वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी गरी कूल ६७ वटा सञ्चालनमा छन् । तिनीहरूका शाखा ५ हजार ७ सय ७२ पुगेका छन् ।

संघीय संरचनाअनुसार बनाइएका ७ सय ५३ स्थानीय तहमध्ये भदौसम्म ७ सय ४७ स्थानमा बैंकले शाखा स्थापना गरिसकेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । अझै पनि ६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छन् ।

सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने अभियानमा लागेको नेपाल राष्ट्र बैंकका प्रवक्ता भट्टले बताए । ‘अझै ६ स्थानीय तहमा बैंकको सेवा पुग्न बाँकी छ,’ उनले भने, ‘नपुगेका बाँकी ठाउँमा पनि पुर्याउने कोशिस गरिरहेका छौं ।’

६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खोल्नुपर्ने भएकाले बैंकका शाखा अझै बढ्ने र खाता खोल्ने पनि अझै बढने राष्ट्र बैंकको भनाइ छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।