आँखुखोला जलविद्युतको नाफा १३५.५१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

Nov 24, 2020 11:45 AM Merolagani

आँखुखोला जलविद्युत कम्पनी (AKJCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो १३५.५१ प्रतिशत अर्थात एक करोड १७ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ८६ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

विद्युत बिक्री मार्फत आम्दानीमा बृद्धि भएसँगै प्रशासनिक खर्च समेत नियन्त्रण गर्दा कम्पनीको नाफा बढ्न सहयोग पुगेको छ।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ। यो आम्दानी अघिल्लो आवको यसै अवधिको तुलनामा ९.६५ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ १३ पैसा र मुल्य आम्दानी अनुपात ११.०१ छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।