ट्रम्पले बाइडेनको लागि बाटो खोलेसँगै शेयर बजारमा बढोत्तरी, भ्याक्सिनको प्रगतिले बढायो लगानीकर्तामा आत्मविश्वास

Nov 24, 2020 11:50 AM Merolagani

मंगलबार एशियाली शेयरमा बढोत्तरी देखिएको छ। अमेरिकी राष्ट्रपति पदमा चुनिएका जो बाइडेनलाई ह्वाइट हाउसमा आफ्नो कार्यकाल शुरु गर्नका लागि बाटो खुल्नुका साथै कोभिड–१९ को भ्याक्सिन माथिको लगातारको प्रगतिको खबरले शेयर बजारलाई माथि उठाउनुका साथै विश्व अर्थव्यवस्थाले पनि सुधारको गति समाएको छ। 

अमेरिकी जनरल सर्भिसेज एडमिनिस्ट्रेशनका प्रमुख एमिली मार्फीले सोमबार बाइडेनलाई एउटा पत्र लेखेर औपचारिक रुपमा आफ्नो कार्य प्रक्रिया शुरु गर्न सक्ने बताएका छन्।

यसदिन जापान बाहिरको एशिया–प्यासिफिक शेयरमा ०.१५ प्रतिशतको बढोत्तरी देखियो। यसैगरी, अस्ट्रेलियाको एसएण्डपी/एएसएक्स २०० सूचक १.१ प्रतिशत बढ्यो, जुन करिब ९ महिनाको आफ्नो उच्च स्तर नजिक थियो।

यता जापानको निक्केई सूचकमा २.४८ प्रतिशतको बढोत्तरी देखियो भने सियोलको कोस्पी सूचक ०.७४ प्रतिशतले बढ्यो।

यसैगरी चीनको ब्लू–चिप्समा ०.७५ प्रतिशत र हङकङको हाङसेङ ०.०८ प्रतिशतले बढ्यो।

कोभिड–१९ को भ्याक्सिनमा भएको प्रगतिले विश्वभरका लगानीकर्ताहरुमा आत्मविश्वास बढाउनुका साथै जोखिम कम हुने अपेक्षासँगै विश्व अर्थव्यवस्थामा तीव्र सुधारका लागि आशावादीता बढाएको छ।

सोमबार वाल स्ट्रीटमा डउ जोन्स इन्डस्ट्रियल एभरेज १.१२ प्रतिशत बढ्यो। यसैगरी, एसएण्डपी ५०० सूचकमा ०.५६ प्रतिशतको बढोत्तरी देखियो, जबकि नास्डाक कम्पोजिटमा ०.२२ प्रतिशतको वृद्धि भयो। एजेन्सी 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।