भारतिय शेयर बजारमा मंगलबार नयाँ रेकर्ड, सेन्सेक्स र निफ्टि दुबै अलटाइम हाइ

Nov 24, 2020 12:02 PM Merolagani

शेयर बजारकै इतिहासमै भारतिय शेयर बजारले हालसम्मकै सर्बाधिक अंक छोएर नयाँ रेकर्ड कायम गरेर्को छ। मंगलबारको कारोबारमा भारतका प्रमुख दुइ शेयर बजारले नयाँ रेकर्ड कायम गरेका हुन्।

मंगलबार कारोबार अबधिमा बिएससि सेन्सेक्सले उच्चतम अंक ४४ हजार ४९९.६२ र निफ्टिले १३ हजार ४८.७५ अंक छोएको हो। यो नै अहिलेसम्मको सर्बाधिक अंक हो। यस अघि १८ नाेभेम्बरमा निफ्टिले १२ हजार ९४८.८५ र सेन्सेक्सले २३ नाेभेम्बरमा ४४ हजार २७१ अंक छोएर रेकर्ड कायम गरेका थिए। जुन रेकर्ड मंगलबार तोडिएको हो।

विदेशी लगानीकर्ताको भारतिय शेयर बजारमा गरिरहेको लगानी र अन्तरराष्ट्रिय बजारमा आएको बृद्धिले भारतिय बजार नयाँ रेकर्ड तर्फ लम्किरहेको भारतिय संचार माध्यमहरुले जनाएका छन्।   

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।