मंगलबार सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

Nov 24, 2020 12:07 PM Merolagani

मंसिर ९ गते, मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य स्थिर रही प्रतितोला ९४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

चाँदीको भाउ पनि मंगलबार तोलामा ३० रुपैयाँ घटेकाे छ। यस दिन चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच हुँदैछ । चाँदी पछिल्लो तीन दिन यता स्थिर रहेर प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।