ट्याक्सीमाण्डु सञ्चालनमा आएको एक वर्ष पुरा, आकर्षक छुटको व्यवस्था

Nov 24, 2020 12:36 PM Merolagani

अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डु सञ्चालनमा आएको एक वर्ष पुरा भएको छ । सञ्चालनको एक वर्ष पुरा गरेसँगै ट्याक्सीमाण्डुले आफ्ना सेवा र सुविधालाई थप व्यवस्थित र विस्तार गर्ने प्रतिबद्धता सहित मंसिर महिनाभरका लागी केही आकर्षक छुट सहितका स्कीमहरु ल्याएको छ ।

ट्याक्सीमाण्डुले ल्याएका स्कीमहरु ट्याक्सी चालक तथा यात्रुको फाइदामा लक्षित छन् । जसमध्ये ट्याक्सी चालकहरुले मंसिर महिनाभर 0 प्रतिशत कमिसनमा एपमार्फत यात्रुलाई सेवा दिन पाउनेछन् । यो महिनाभर ट्याक्सी चालकले एप प्रयोग गरेवापत ट्याक्सीमाण्डुलाई कुनै पनि कमिसन दिनु पर्ने छैन । त्यस्तै एपको प्रयोग गरेर ट्याक्सी बुक गर्ने यात्रुले प्रत्येक राइडमा ५० रुपैयाँ छुट पाउनेछन् । छुटका लागी यात्रुले ट्याक्सीमाण्डु फस्र्ट (TAXIMANDU1ST) प्रोमो कोड प्रयोग गर्नुपर्नेछ ।

यसबाहेक ट्याक्सीमाण्डुले रिफर एण्ड अर्नको स्कीम पनि ल्याएको छ । यो स्कीम अन्तर्गत ट्याक्सीमाण्डु एप डाउनलोड गरेकाहरुले अरुलाई एपमार्फत डाउनलोड गर्न रिफर गर्नु पर्नेछ । एप डाउनलोड गर्न रिफर गर्ने हरेकले प्रत्येक रिफरमा ५० रुपैयाँ पाउनेछन् ।

त्यस्तै मंसिर महिनाभर ट्याक्सीमाण्डु एपमार्फत १ सय वटा ट्रीप गर्ने ट्याक्सी चालककले १ हजार रुपैयाँ बोनस पाउने व्यवस्था पनि मिलाइएको छ ।

ट्याक्सीमाण्डु एप प्रयोग गरेर सेवा दिइरहेका ट्याक्सीहरुमा कोभिड १९ बाट जोगिन विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले बनाएको मापदण्डको पुर्णरुपमा पालना गरिएको छ ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।