बजार बुलिस ट्रेण्डतर्फ जाँदै गर्दा लगानीकर्ताले बैंकबाट कर्जा लिएर लगानी बढाए

Nov 24, 2020 03:22 PM Merolagani

रबिन पाैडेल

बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने मार्जिन प्रवृत्तिको कर्जा पछिल्लाे समय बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मासिक विवरणमा उक्त प्रकृतिकाे कर्जा गत असोज १ महिनामा मात्रै १२ प्रतिशतभन्दा धेरैले बढेको देखिएको छ।

 

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको र शेयर बजार पनि बढ्दो क्रममा रहेकोले यस्तो कर्जा बढेको देखिन्छ। अहिले वाणिज्य बैंकहरुले एकल अंकमा नै शेयर धितो कर्जा लगानी गरिरहेका छन्। ब्याजदर घटेपछि लगानीकर्ताहरु कर्जा लिएर शेयर बजारमा लगानी गर्न थालेका हुन्।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा बैंक तथा वित्तीय संस्थाले ५९ अर्ब ४० करोड रुपैयाँ मार्जिन कर्जा लगानी गरेका छन्। भदौ अन्तिम सम्ममा ५ अर्ब ७८ करोड रुपैयाँ मार्जिन कर्जा लगानी गरेकोमा असोज १ महिनामानै यस्तो कर्जा ६ अर्ब ६२ करोड रुपैयाँले बढेको छ। जुन १२.५४ प्रतिशतले धेरै हो।

पछिल्लो समय बैंकहरुको कर्जाको ब्याजदर घटेको र कोरोनाको कारण अन्य व्यवसायहरु ठप्प भएकोले लगानीकर्ताले शेयर धितो कर्जा लिएर बजारमा लगानी बढाएका छन्। असोजमा मात्र होइन कर्तिकमा पनि शेयर कर्जाको माग उत्तिकै थियो। अहिले पनि शेयर कर्जाको माग आइरहेको बैंकरहरु बताउछन्।


बैकहरुले पनि शेयर धितो कर्जालाई सुरक्षित कर्जाको रुपमा हेर्ने गरेका छन्। यो कर्जा नउठ्ने सम्भावना निकै कम हुन्छ।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले शेयर धितो कर्जाको सिमा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको छ। सो पश्चात पनि शेयर धितो कर्जा लिने थप बढेका छन्।

  • एक महिनामा वाणिज्य बैकहरुले लगानी गरे ५ अर्ब बढी मार्जिन कर्जा

नेपाल राष्ट्र बैंकले सोमबारमात्रै प्रकाशित गरेको वित्तीय विवरण अनुसार वाणिज्य बैंहकहरुले असोज १ महिनामा मात्रै ५ अर्ब ३९ करोड रुपैयाँ मार्जिन कर्जा लगानी गरेका छन्।

भदौ मसान्तसम्ममा ४३ अर्ब १६ करोड मार्जिन कर्जा लगानी गरेका बैंकहरुले असोज मसान्तसम्ममा ४८ अर्ब ५६ करोड मार्जिन कर्जा लगानी गरेका छन्।

वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम अधिक भएपछि कर्जाको ब्याजदर निकै तल झारेका थिए। सस्तो शेयरमूल्य रहेको अवस्थामा बैंकको ब्याज समेत तल्लो विन्दुमा झरेपछि वाणिज्य बैकबाट मार्जिन कर्जा लिने ह्वातै बढेका हुन्।

अहिले अन्य क्षेत्रमा लगानीको अवस्था राम्रो नभएकोले पनि लगानीकर्ताले कर्जा लिएरै शेयर बजारमा लगानी गरेका छन्। यसै कारण अहिले कारोबार रकम समेत बढेर गएको छ। पछिल्लो समय दैनिक ५ देखि ६ अर्बको कारोबार सामान्य हुन थालिसकेको छ।

त्यसैगरी विकास बैंकहरुले पनि असोज एक महिनामा ६९ करोड रुपैयाँ मार्जिन कर्जा लगानी गरेका छन्। भदौ मसान्तसम्ममा १४ अर्ब ६७ करोड मार्जिन कर्जा लगानी गरेका बैंकहरुले असोज मसान्तसम्ममा १५ अर्ब ३७ करोड मार्जिन कर्जा लगानी गरेका छन्।

फाइनान्स कम्पनीहरुमा पनि मार्जिन कर्जा लिनेको सँख्या बढेको छ। असोज १ महिनामा फाइनान्स कम्पनीहरुले पनि ४ करोड रुपैयाँभन्दा धेरैको मार्जिन कर्जा लिएका छन्। भदौ अन्तिम सम्ममा २ अर्ब ४२ करोड रहेको फाइनान्स कम्पनीहरुको मार्जिन कर्जा बढेर २ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

समग्रमा हेर्दा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी तीनवटैबाट मार्जिन कर्जा लिनेको सँख्या बढ्दो छ। बजार बुलिस ट्रेण्डतर्फ जाँदै गर्दा लगानीकर्ताले पनि बैंकबाट कर्जा लिएरै बजारमा लगानी बढाएको देखिन्छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।