बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वको दोस्रो धनी व्यक्ति, सम्पत्तिमा चमत्कारिक उछाल

Nov 24, 2020 03:17 PM Merolagani

कोरोना भाइरस महामारीका बीच स्पेस एक्स र टेस्लाका प्रमुख एलन मस्क सम्पत्तिमा चमत्कारिक उछालका साथ विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन् । माइक्रोसफट्का संस्थापक बिल गेट्सलाई पछि पार्दै एलन मस्क विश्वको दोस्रो धनी व्यक्ति बनेका हुन् । 

४९ वर्षीय मस्कको सम्पत्ति बढेर १२७ अर्ब ९० करोड डलर पुगेको छ। टेस्लाको शेयरमा उछाल आएसँगै उनको नेटवर्थमा बढोत्तरी देखिएको हो । टेस्लाको भ्यालू बढेर ४ खर्ब ९१ अर्ब डलर पुगेको छ।

एलन मस्कले यस वर्ष मात्र आफ्नो सम्पत्तिमा एक खर्ब डलरभन्दा अधिक सम्पत्ति जोडेका छन् । यस वर्ष विश्वका अर्बपतिहरुमध्ये एलन मस्कको सम्पत्तिमा सबैभन्दा धेरै वृद्धि भएको हो ।

ब्लूमबर्ग बिलेनियर इन्डेक्सका अनुसार,मस्क जनवरी महिनामा विश्वका धनी व्यक्तिहरुको सूचीमा ३५ औँ स्थानमा रहेका थिए । तर अब उनी दोस्रो स्थानमा पुगेका छन् । एजेन्सी 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।