अपिको दुई वर्षको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

Nov 24, 2020 03:08 PM Merolagani

अपि पावर कम्पनी लिमिटेड (API) ले सोमबार (मंसिर ८ गते) भर्चुअल माध्यमबाट १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।कम्पनीले कोभिड १९ को माहामारीले स्थगित भएको १६ औं साधारण सभा समेत गरी दुइ साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत गरी १४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
 
यसैगरी सभाले नयाँ चुक्ता पूँजीको १ बराबर ०.८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले बार्षिक प्रतिवेदन र कम्पनीका वित्तीय ब्यवस्थापन प्रमुख शास्वत चालिसेले कम्पनीको वित्तीय विवरण प्रस्तुत गरेका थिए । त्यसैगरी कम्पनीका कार्यकारी संचालक संजिव न्यौैपानेले कम्पनीको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

अपिको साधारणसभाले आगामी ४ बर्षको लागि नयाँ संचालक समितिको समेत चयन गरेको छ । सभाबाट सतिष न्यौपाने, संजिव न्यौपाने, द्वारिकाप्रसाद न्यौपाने, इन्द्रमणि त्रिताल र सृजना खड्का निर्विरोध निर्वाचित भएका हुन् ।

अपि पावरले भर्खरै हक प्रद शेयर निष्काशन गरेर चुक्ता पूँजी बृद्धि गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि मङ्सीर ४ गतेसम्म १ कित्ता साधारण शेयर बराबर ०.४७६  कित्ता साधारण शेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।

अपिले ८.५ मेगावाटको नौगढ गढ सानो जलविद्युत आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गरिरहेको छ भने दार्चुला जिल्लामा ८ मेगावाटको अपर नौगढ गढ जलविद्युत आयोजना पनि निर्माण पुरा गरिसकेको छ ।
 
कम्पनीका ४० मेगावाटको अपर चमेलिया र ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार निर्माणका क्रममा छन् ।
 
कम्पनीले विद्युत प्राधिकरणसँग तीआयोजनाबाट उत्पादित विजुली खरिद विक्रि सम्झौता (पीपीए) गरिसकेको छ । हकप्रदबाट जुटाएको रकम कम्पनीले अपर चमेलिया आयोजना निर्माणमा खर्च गर्ने छ ।

अपि पावरको नाफामा पनि उल्लेख्य सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।