दुई अंकको करेक्सनपछि शेयर बजारमा पुनः उछाल, १८०० विन्दु माथि नेप्से

Nov 24, 2020 03:42 PM Merolagani

सोमबार सामान्य करेक्सन भएको शेयर बजारमा मंगलबार पुनः उछाल देखिएको छ। यस दिन कारोबार रकमका साथै नेप्से सूचक पनि उकालो लागेको छ। मंगलबार नेप्से सूचक १८०० विन्दुभन्दा माथि बन्द भएकाे छ।

मंगलबार नेप्से सूचक १.६७ प्रतिशत अर्थात २९.६८ अंकले बढेर १८१०.११ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स ४.१२ अंकले बढेर ३४९.३७ विन्दुमा पुगेको छ।

यस दिन १९६ वटा कम्पनीको १ करोड १७ लाख कित्ता शेयर ५ अर्ब ४४ करोड रुपैयाँमा खरिद बिक्री भएको छ।

मंगलबार कारोबारमा आएका १२ वटा उपसमूहहरुमध्ये होटल उपसमूहको सूचक नकारात्मक देखिएको छ भने बाँकी ११ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ।

  • आठ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा कारोबार

यस दिन आठ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। बोटलर्स नेपालको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने हिमालयन डिस्टिलरीको ९.९८ प्रतिशत, बिशाल बजार कम्पनीको ९.९५ प्रतिशत, आँखुखोला हाइड्रोपावरको ९.९२ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ९.८७ प्रतिशत, अजोड इन्स्योरेन्सको ९.८६ प्रतिशत, ङ्यादी ग्रुप पावरको ९.७३ प्रतिशत र नेको इन्स्योरेन्सको ९ प्रतिशतले बढेको छ।

त्यस्तै, सोल्टी होटलको शेयरमूल्य सबैभन्दा धेरै ३.२० प्रतिशतले घटेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको ३.०७ प्रतिशत, जानकी फाइनान्सको २.६५ प्रतिशत र युनिलिभरको २ प्रतिशतले घटेको छ।

मंगलबार एनआइसी एशिया बैंकको सबैभन्दा धेरै ३७ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको २८ करोड ५१ लाख, नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ८२ लाख र हिमालयन डिस्टिलरीको २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १२४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३५ वटा कम्पनीको शेयरमूल्य घटेको छ। १३ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।