बिटक्वाइन हालसम्मकै उच्च स्तर पुगेर बन्द, एक महिनामा ४० प्रतिशतले बढ्यो

Nov 24, 2020 09:03 PM Merolagani

बिटक्वाइन करिब ३ वर्षमा पहिलोपटक १९ हजार डलरको उचाईमा पुगेर बन्द भयो । 

विश्वको सबैभन्दा लोकपिय क्रिप्टोकरेन्सीका रुपमा रहेको बिटक्वाइन १८ हजार ९१८ डलरमा ३ प्रतिशतले बढेर १९ हजार ६६६ को आफ्नो हालसम्मै उच्च रेकर्डको नजिक थियो ।

बिटक्वाइन नोभेम्बर महिनामा मात्र ४० प्रतिशतले बढ्यो, जबकि यस वर्ष करिब १६० प्रतिशतको बढोत्तरी देखियो ।

बिटक्वाइनले आफ्नो १२ वर्षको इतिहासमा उच्च लाभ र समान रुपमा गिरावटको पनि सामना गर्न पुग्यो । स्टक वा बन्डको तुलनामा यसको बजार अत्याधिक अपारदर्शी रहेको छ।

बिटक्वाइन के हो ? 

बिटक्वाइन एक डिजिटल मुद्रा वा एक भर्चुअल करेन्सी हो । नेपालमा  रुपैयाँ, अमेरिकामा डलर, वेलायतमा पाउन्ड चल्छ र यो भौतिक मुद्रा हो, जसलाई मानिसले देख्न, छुन र नियम अनुसार कुनै पनि ठाउँ वा देशमा यसको प्रयोग गर्न वा ओसारपसार गर्न  सक्छन् तर क्रिप्टो करेन्सी भिन्न हुन्छ । अन्य मुद्रा जस्तै यसलाई छाप्ने काम हुँदैन र यसलाई देख्न, छुन सकिदैन । त्यसैले यसलाई केवल अनुभव गर्ने भर्चुअल मुद्रा भनिन्छ। एजेन्सी 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।