सम्पन्न क्यापिटलले पायो मर्चेन्ट बैंकरको रुपमा संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति

Nov 25, 2020 11:28 AM Merolagani

नेपाल धितोपत्र बोर्डले सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाल लिमिटेडलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) सञ्चालनको लागि अनुमति दिएको छ। नयाँ बानेश्वर मुख्य कार्यालय रहेको सम्पन्न क्यापिटललाई बोर्डले मर्चेन्ट बैंकरको रुपमा संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्रदान गरेको हो।

कम्पनीले पूँजी निर्माण तथा संगठित संस्थाको संरचना हेरफेर, व्यवसायिक योजना निर्माण, लोन सिन्डिकेसन, भेन्चर क्यापिटल, वर्किङ क्यापिटल फाइनान्सिङ, प्राइभेट इक्वीटि, हेज फन्ड लगायत कोष सञ्चालन, सम्पति व्यवस्थापन तथा मूल्यांकनको परामर्श सेवा प्रदान गर्ने अनुमति पाएको हो।

हाल कम्पनीको चुक्ता पुँजी ३ करोड ७ लाख रुपैयाँ रहेको छ भने मर्चेन्ट बैंकरहरुमध्ये संस्थागत परामर्शदाताको रुपमा मात्र विशिष्ट सेवा प्रदान गर्ने पहिलो कम्पनीको रुपमा बोर्डले लाइसेन्स दिएको हो।

कम्पनीले दक्ष चार्टर्ड एकाउन्टेन्ट, बिजनेस एनालिस्ट एबं सम्बन्धित विषयका विज्ञ परामर्शदाताहरु नियुक्त्त गरेको र अन्तरराष्ट्रिय स्तरको सेवा प्रदान गर्ने कम्पनीका डाइरेक्टर दिपेन्द्र बास्कोटाले बताए।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।