सिटिजन्स बैंकको शेयरमूल्य समायोजन

Nov 26, 2020 09:13 AM Merolagani

सिटिजन्स बैंक (CZBIL) को ८ प्रतिशत बोनस शेयरमा शेयरमूल्य सायोजन भएको छ। बैंकले लाभांश वितरण गर्न बिहीबारदेखि बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्जले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको हो। 

नेप्सेले शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २३२ रुपैयाँ कायम गरेको यहि मूल्यलाई आधार मानेर बिहीबार बैंकको शेयर कारोबार खुल्नेछ।

लाभांश पारित गर्न बैंकले मंसिर २० गते १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।साधारण सभा प्रयोजनको लागि बैंकले आज मंसिर ११ गते बिहिबार बैंकले बुक क्लोज गरेकाले बुधबार सम्म कायम शेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ७२ करोड ७१ लाख ८५ हजार ३८३ रुपैयाँ बराबरको ८ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५१८ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।