अघिल्लो कारोबार दिन अर्थात बुधबार ६४.७० अंक बढेर अलटाइम हाइ १८८१ विन्दुभन्दा ७ अंक तल अर्थात १८७४.८१ विन्दुमा बन्द भएको नेप्सेले यस दिन प्रि ओपन सेसनमा नै सो रेकर्ड तोडेको हो। यस दिन प्रि ओपन सेसनमा नेप्से १९.६९ अंक बढी १८९४.७९ विन्दुमा पुगेको हो। यस अघि २०७३ साउन १२ गते नेप्सेले अलटाइम हाइ रेकर्ड (१८८१.४५) बनाएको थियो।
बिहीबार सो सेसनमा ५६ कम्पनीको ८० लाख ४८ हजार ७०९ रुपैयाँ बराबरको १६ हजार १८१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।