यद्यपी कोरोना भाइरसको संक्रमणको घटनामा फेरि बढोत्तरी देखिएका कारण चालु त्रैमास (अक्टोबर–डिसेम्बर) मा आर्थिक वृद्धिमा भारी गिरावट हुनसक्ने आशंका व्यक्त गरिएको छ । केही अर्थशास्त्रीहरुले आर्थिक मन्दीको आशंका समेत व्यक्त गरेका छन् ।
अमेरिकी वाणिज्य विभागको रिपोर्टका अनुसार, कुल ग्राहस्थ उत्पादन (जीडीपी) अर्थात् देशमा बस्तु तथा सेवाको उत्पादनमा वृद्धि पहिले गरिएको अनुमान अनुरुप रहेको छ । तथ्यांकका अनुसार व्यापारमा लगानी, आवास र निर्यात क्षेत्रमा राम्रो वृद्धि भएको छ, जबकि राज्य र स्थानीय सरकारी खर्च तथा उपभोक्ता खर्च घटेको छ ।
अमेरिकाको जीडीपीमा ३३.१ प्रतिशतको वृद्धि सन् १९४७ पछि कुनै त्रैमासमा देखिएको उच्च वृद्धि हो । योभन्दा पहिले सन् १९५० मा १६.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । जुन रेकर्ड वृद्धि थियो ।
अमेरिकी अर्थव्यवस्थामा पहिलो त्रैमासमा ५ प्रतिशत तथा दोस्रो त्रैमासमा हालसम्मकै उच्च ३१.४ प्रतिशतको गिरावट आएको थियो । एजेन्सी