पिपुल्स पावरले आईपीओ निष्काशन गर्ने

Nov 26, 2020 02:51 PM Merolagani

पिपुल्स पावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निषकाशन गर्ने भएको छ । कम्पनीले कुल लगानीकाे ३० प्रतिशत बराबरकाे आईपीओ  जारी गर्ने  तयारी थालेकाे हाे ।

 

आईपीओ निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटललाई आज मंसिर ११ गते बिहिबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता गरेको छ । संझौता पत्रमा पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोष राज नेपाल र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार कम्पनीको शेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्पुर्ण काम प्रभु क्यापिटलले गर्नेछ ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कूल शेयर लगानीको ३० प्रतिशत प्राथमियक शेयर निष्काशन गर्नेछ । आईपीओ निष्काशन गर्ने प्रस्थाव कम्पनीको गत भदौ २७ गते सम्पन्न साधारण सभाले पारित गरीसकेको छ । 

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वार्ड नं.१ साँखेजुङ र वार्ड नं. ४ माइपोखरी भइ बग्ने पुवाखोलामा ४.९६ मेगावाटको क्षमताको पुवा दास्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।