एक चुनाव दुई रेकर्ड, ८ करोड मत प्राप्त गर्ने अमेरिकाको पहिलो राष्ट्रपति उम्मेद्वार बने बाइडेन

Nov 27, 2020 08:33 AM Merolagani

अमेरिकामा यस पटक भएको राष्ट्रपति चुनावमा रेकर्ड भोटिङ भएको छ । यहीँ कारण राष्ट्रपति पदमा चुनिएका जो बाइडेन अमेरिकी इतिहासमा पहिलो यस्तो राष्ट्रपति उम्मेद्वार बने, जसले ८ करोडभन्दा अधिक पपुलर भोट हासिल गरे । उनले कुल ८ करोड ११ हजार मत प्राप्त गरे । 

यसै चुनावमा एउटा अर्काे रेकर्ड पनि बन्यो । बाइडेनको विपक्षमा चुनाव लडेका डोनाल्ड ट्रम्पले पनि ७ करोड ३८ लाख मत प्राप्त गरे । सबैभन्दा अधिक मत प्राप्त गर्ने राष्ट्रपति उम्मेद्वारमा उनी दोस्रो नम्बरमा रहे ।

यसरी एकै चुनावमा जित्ने र हार्ने दुवै उम्मेद्वार सबैभन्दा बढी मत प्राप्त गर्ने मामलामा पहिलो र दोस्रो नम्बरमा आएका छन् । मतगणनाको क्रम जारी रहेकाले मत संख्या अझै बढ्न सक्ने बताइएको छ ।

डेमोक्रेटिक पार्टीका उम्मेद्वार बाइडेनलाई चुनावमा ३०६ इलेक्टोरल भोट प्राप्त भएको छ । यता, रिपब्लिकन पार्टीका ट्रम्पले भने २३२ भोट पाए ।

ह्वाइट हाउसको दौड जित्नका लागि ५३८ मध्ये २७० इलेक्टोरल भोट हासिल गर्न आवश्यक थियो । कोरोनाबाट बच्नका लागि ठूलो मात्रामा मतदाताहरुले यसपटक मेलका माध्यमबाट मतदान गरे । जसका कारण मतगणनामा धेरै दिन लाग्यो ।

राष्ट्रपति ट्रम्पले चुनावको करिब तीन हप्तापछि औपचारिक रुपमा सत्ता हस्तान्तरण प्रक्रिया सुरु गर्ने कुरामा सहमति जनाएका छन् । यद्यपी उनी अझैँ पनि हार मान्नका लागि तयार छैनन । उनले फेरि पनि चुनावमा धाँधली भएको दाबी गरेका छन् । एजेन्सीको सहयोगमा 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।