बजार बुम हुँदा पनि यी कम्पनीका लगानीकर्ता किन भए निरास ?

Nov 29, 2020 10:31 AM Merolagani

सुधा देवकाेटा

पछिल्लो समय शेयर बजारले बुलिस गति समाएर नयाँ उचाई कायम गरेको छ । नेपालकाे शेयर बजारको इतिहासमा नै सबै भन्दा उच्च विन्दुमा पुग्दा पनि केही कम्पनीका लगानीकर्ता भने निरास हुन पुगेका छन् ।

नेपाल स्टक एक्चेञ्जमा सूचिकृत भएका करिब दुई दर्जन कम्पनी मर्जर तथा एक्विजिशन प्रकृयामा रहेको कारण दोस्रो बजारमा कारोबार हुन सकिरहेको छैन् । साेही कारण उक्त कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ता बढ्दो बजारमा समेत बेच्न नपाएका कारण निरास हुन पुगेका हुन् ।

यसरी दोस्रो बजारमा नियमित कारोबार भईरहेका कम्पनीहरुको मर्जर तथा एक्विजिशनको नाममा लामो समयसम्म कारोबार रोक्का हुनु बजार र लगानीकर्ताहरुको हितमा नभएकाे सरोकारवालाहरुको भनाई छ ।

मर्जरको नाममा लामो समयसम्म कारोबार रोक्का हुँदा सर्वसाधारणको सम्पत्ति बन्धक बनेकाे छ । लगानीकर्ताहरुले आफ्नो शेयर  किनबेच गर्न नपाउदा प्रत्यक्ष रुपमा मार खेप्दै आएका छन् ।

शेयर बजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डले मर्जर सम्बन्धी नयाँ ब्यावस्था ल्याउदै गरेको बताउदै आएको वर्षाै भइसकेको छ । मर्जर सम्बन्धी कारोबार रोक्का भएको सम्बन्धमा बोर्डसँग जिज्ञासा गर्दा पटक पटक नयाँ निर्देशिका माथि छलफल भइरहेको बताउदै आएको छ ।

सूचिकृत कम्पनीहरु एक अर्कामा गाभ्ने गाभिने सम्बन्धीको नयाँ निर्देशिक माथि सम्बन्धीत निकायहरुसँग छलफल भइरहेको नेपाल धितोपत्र बोर्डका सह प्रवक्ता रुपेश केसीले जानकारी गराए ।

केसीले नेप्सेमा सूचिकृत भएका कम्पनीहरु मध्येमा विभिन्न क्षेत्रका रहेकाे बताए । जस मध्यमा बैंकिङ, बीमा र जलविद्युत क्षेत्रका प्रत्यक्ष नियमनकारी निकायका अन्य निर्देशिकाहरुसँग नबाझियोस भन्नको लागि छलफल चलिरहेको सह प्रवक्ता केसीको भनाई छ ।

सर्वसाधारण लगानीकर्ताको लगानीको सुरक्षा तथा रक्षक बन्नु पर्ने बोर्डले उल्टै आलटाल गर्दै सर्वसाधारणको लगानी लामो समयसम्म बन्धक बन्दा समेत कुनै ठोस कदम चाल्न नसक्नु लज्जास्पद भएको लगानीकर्ताको भनाई छ ।

मर्जरलाई हल्ला फिजाएर बजारमा चलखेल गर्ने बढेका कारण गाभ्ने गाभिने सम्झौता गरेका कम्पनीको शेयर रोक्का गर्नु परेको बोर्डका सह प्रवक्ता रुपेश केसीले बताए ।

मर्जरमा जादा शेयर कारोबार रोक्का गर्ने व्यवस्था हटाउनुपर्ने माग लगानीकर्ताको रहेको छ । मर्जर तथा एक्विजिशनमा जादा शेयर कारोबार रोक्का गर्नु बजारसँग सम्बन्धीत सबै निकायलाई राम्रो नभएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।

नेप्सेमा लामो समयसम्म कारोबार रोक्का गर्दा सर्वसाधारणको लगानी मात्र बन्धक बन्दैन उक्त कम्पनीको कारोबार मार्फतको सरकारले लिदै आएको पूँजीगत लाभकर तथा अन्य आम्दानीमा समेत नेक्सानी हुने अध्यक्ष रौनियारले बताए । मर्जर प्रकृयामा रहदा लामो समयसम्म कारोबार रोक्का हुनु सम्बन्धी निकायहरुको कमजोरी भएको रौनियारको आरोप छ ।

यसरी शेयर कारोबार नै रोक्का गरेर कम्पनी मर्जर प्रकृयामा जाने अभ्यास अत्य हुनु पर्ने उनको जोड छ । यस्तो व्यवस्था अन्य कुनै राष्ट्रहरुमा नभएको रौनियारको भनाई छ । नेपालमा बजारको पक्षमा काम गर्ने भन्दा पनि सर्वसाधारणलाई अप्ठेरो बनाउने खालको नीति हुँदा लगानीकर्ताहरुले मार खेप्नु परेको रौनियारको भनाइ छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने नीतिलाई अवलम्बन गरेको छ । जसको फस्वरुप लघुवित्त कम्पनीहरुलाई पूजी वृद्धि गर्नको लागि हकप्रद निष्काशनमा रोक लगाएर मर्जर तथा एक्विजिशनलाई जोड दिएको पाईन्छ ।

नियामकको यस्तो निर्देशनले कम्पनीहरु आफूलाई उपयुक्त हुने अन्य संस्थासँग धमाधम मर्जर सम्झौता गरेको पाईन्छ । अहिले गाभ्ने गाभिने प्रकृयामा पनि अधिकाशं लघुवित्त कम्पनी, फाइनान्स कम्पनी र विकास बैंकहरु रहेका छन् ।

नियामक निकायहरुको यस्तो नीति नियमले गर्दा नेपाली बजार लगानी मैत्री नभएको सरोकारवालाहरुको भनाई छ ।

सरकारको यस्तो नीतिका कारण शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले उचित समयमा नाफा आर्जन गर्न सकिरहेका छैेनन् । नियामक निकायहरुको यस्तो लापरवाहीले गर्दा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको मनोभावना बजार प्रति सकारात्मक बन्न सकिरहेको छैन् ।

धितोपत्र बजारमा मर्जर तथा एक्विजिशनको प्रकृयामा हुदाँ कारोबार रोक्का हुनु र त्यसकाे समाधानको लागि समयमै ठोस कदम चाल्न नसक्नु आफैमा लज्जास्पद रहेको लगानीकर्ताहरुको भनाइ छ । बैंक तथा बित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली २०७३ मा गाभ्ने गाभिने कम्पनीको शेयर कारोबार रोक्का रहने व्यवस्था छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।