इतिहासकै बढी भोलुमसहित रेकर्ड तोडिनु टेक्निकल्ली भ्यालिड, बुलको पहिलो पाइला शुरु

Nov 28, 2020 01:24 PM Merolagani

अन्जिब तुलाधर
बिहीबार शेयर बजारले पहिलेको रेकर्ड मात्र तोड्यो। योसँगै बुलको पहिलो पाइला शुरु भयो। जहिल्यै पनि पहिलेको हाइट तोडेपछि बजार स्पीडमा जान्छ। अहिले पनि त्यही स्पीडमा जाने देखिन्छ। ब्याजदर कम हुनु, अन्य क्षेत्रमा लगानीको अवसर नहुनु आदि कारणले गर्दा पनि बजार बढ्नमा मद्दत पुगेको हो। यो एउटा बजारको ट्रेड साइकल पनि हो। ब्याजदरको पनि एउटा साइकल हुन्छः प्रत्येक ४ वर्षमा ।<

पहिलाको बजार बुलको अवस्था हेर्ने हो भने सबैभन्दा पहिले १०० बाट २५० पुगेको नेप्से तल आएर ११० मा झर्याे। फेरि ५ गुणा बढेर ५५० पुग्यो। त्यसपछि तल आएर २१० मा झर्याे र फेरि २१० बाट झरेर १८० मा आएपछि एकैचोटी बढेर ११ सय पुग्यो। यसरी पहिलेको बुल ट्रेन्डको अवस्था हेर्दा नेप्से ११ सयको ६ गुणा अर्थात् ६ हजार ६०० पुग्ने देखिन्छ। अहिले ६ हजार ६०० को बाटोको पहिलो सुरुवात भएको हो। अहिले बजारले यसअघिको जुन उचाई तोड्यो, उक्त उचाई कम भोलुमले तोडेको भए त्यसलाई हामी प्राविधिक रुपमा कमजोर भन्थ्यौँ। तर अहिलेसम्मकै इतिहासको बढी भोलुमले रेकर्ड तोड्यो। त्यसैले हामी यसलाई टेक्निकल्ली भ्यालिड मान्छौँ।

अबको बाटो भनेको बुलको बाटो हो। त्यो बुलमा पनि सानो–सानो करेक्सन चाहिँ हुन्छ। तर योसँगै बजार चाहिँ माथि नै जाने हो।

यता केही कम मात्रामा बढेको बैंकले पछिल्लो समय लीड गर्न थालेको छ। ननलाइफ कम्पनी पनि अगाडि देखिएको छन्। शिवम्, एचडीएल, सीआईटी जस्ता कम्पनीहरु पनि बढिरहेका छन्। यिनीहरु अब एउटा हाइटमा पुगिसकेपछि बैंकहरु सारै सस्तो हुन थालेका छन्। पीई रेसियो १२÷१५ भएपछि बैंकले पनि लीड गरेसँगै अब बुलको अर्काे इनर्जी पावर थपियो।

केही समयदेखि माइक्रोफाइनान्स बढेको छैन, डेभलपमेन्ट बैंक बढेको छैन। अब यिनीहरु पनि बढ्न थाल्छ। किनभने यिनीहरुमा लगानी गर्दा प्रतिफल बढी आउने देखियो। बैंकमा राखेर ब्याज पाउनु भन्दा र तत्काल कुनै क्षेत्रमा व्यापार गर्ने मौका नभएकाले चुप लागेर बस्नुभन्दा आफूसँग भएको पैसा शेयर बजारमा लगाउदाँ केही पैसा कमाइन्छ भनेर मान्छेहरुलाई मोटिभ भयो।

बजार बुलिसको यो पहिले पाइला पनि हो। अब विस्तारै विस्तारै बजार बढ्दै जान्छ। अबको ४ वर्षमा नेप्से फेरि एउटा नयाँ उचाईमा पुग्छ। पहिलेको इतिहास हेर्दा यो उचाई ११ सयको ६ गुणा अर्थात् ६६०० पुग्छ।
केही समय अगाडि देखिको अवस्था हेर्ने हो भने सबै सेक्टर पालैपालो बढिरहेको छ। कुनै सेक्टर बढी बढ्यो कुनै सेक्टर कम बढ्यो। तर, सबै सेक्टरमा पालैपालो बढोत्तरी भएको छ।

नेपालको शेयर बजारमा सबैभन्दा धेरै हिस्सा बैंकको छ। अब बैंक सेक्टर पनि विस्तारै बढ्दो क्रममा रहेकाले नेप्से ६ हजार ६०० को हाइटमा पुग्नका लागि थप सहायता पुग्ने देखिन्छ।

अब भोलीका दिनमा नयाँ शेयरका रुपमा बजारमा एनसेल आउँछ, चन्द्रागिरी हिल्स आउँछ, २० अर्बको इन्फ्रास्ट्रक्चर बैंक आउँछ, नयाँ–नयाँ पुनर्बीमा आउँछन्। यिनीहरुले गर्दा पनि नेप्से ६ हजार ६०० पुग्ने हो। तर, हामीले यि यस्ता कुराहरु अनुमान गर्ने मात्र हो, सबै कुरा समयले देखाउँछ।

लगानीकर्ताहरुको मनोविज्ञान, बजारको मुभमेन्ट परिवर्तन हुँदै जान्छ। सीआईटी १७५० को ५ हजार पुगेपछि त्यसको तुलनामा बैंकहरु धेरै सस्तो भयो भनेर लगानीकर्ताहरु अहिले बैंकतर्फ लागे । हाइड्रो अझै बढ्न बाँकी छ। ८५० को अपि अहिले २६० रुपैयाँमा झरेको छ। यसमा लगानी गर्ने लगानीकर्ताहरु बोनसहरु पाएपनि अझै घाटामा नै छ। यसका लगानीकर्तालाई त यो मार्केट बढेकै छैन नि त।

यसरी हेर्दा अब हाइड्रोको त बढ्न भर्खरै शुरु भयो। यसैगरी बैंकिङ पनि बढ्न शुरु गरेको छ। बैंकिङ एउटा स्टेपमा विस्तारै विस्तारै माथि जाँदैछ। अब वेभ–२ सकिएर वेभ–३ शुरु भयो। अब बैंक पनि बुलिसमा जान्छ। भनेपछि अब आगामी दिनमा बजारमा राम्रै बुलिस देखिन्छ। तर बजार बढेको बढ्यैै भन्दा पनि सानो–सानो करेक्सन हुँदै बजार माथि जान्छ।

अहिले समग्र बजारमा बुलिस मुड देखियो। बैकिङमा पनि आउन थाल्यो। बैकिङसँगै अब हाहइड्रोमा पनि बुलिस आउँछ। माइक्रोफाइनान्समा पनि आउँछ । सबैमा पालैपालो आउँछ। आगामी दिनमा कुन सेक्टरले लीड गर्छ भन्ने कुरा यो सबै मान्छेसँग कति पैसा छ, कहाँ लगानी गर्ने भन्ने कुरामा भर पर्छ। समग्र बजारमा बढोत्तरी हुन्छ नै। कुनै सेक्टरको कम होला कुनैको बढी होला तर बजारमा बढोत्तरी चाहिँ हुन्छ।

नियामक निकायले अझै ब्रोकर कमिशन घटाउने काम गर्याे भने अझै बजारलाई थप सहायता पुग्छ अर्थात् अझ व्यापार बढ्छ। किनभने अहिलेको ब्रोकर कमिशन अलि महंगो पनि छ। कमिशन कम भएपछि धेरै लगानी गर्न लगानीकर्तालाई प्रोत्साहन पनि गर्छ। कमिशन कम भएपछि यिनीहरुको क्यापासिटी अलि धेरै हुन्छ। हेर्दाखेरी ब्रोकर कमिशन घटाउदा ब्रोकर कम्पनीलाई घाटा हुने जस्तो देखिएपनि त्यस्तो हुदैन।

जस्तैः ७.५ प्रतिशत पूँजीगत लाभकर राख्दा सरकारको ट्याक्स घट्यो। त्यहीँ कमिशन ५ प्रतिशतमा झार्दा सरकारलाई अरबौँ रुपैयाँ ट्याक्स फाइदा भयो। यसैगरी अहिले ५÷७ अर्बको कारोबार भइरहेकोमा ब्रोकर कमिशन अलि कम भयो भने १०÷१२ अर्बको कारोबार हुने देखिन्छ। यसरी हेर्ने हो भने ब्रोकरलाई कमिशन घटाउदा घाटा हुने जस्तो देखिएपनि झन् बढी कारोबार भएर ब्रोकरलाई झन् बढी फाइदा हुन्छ। समग्रमा हेर्दा ब्रोकरलाई नाफा हुने नै देखिन्छ।

सबिना बजगाईसँग गरेको कुराकानीमा आधारित । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।