एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याएका छन् भने वस्तुगतमा चन्द्र ढकालले ५९ मत र किशोर प्रधानले ३९ मत ल्याएका छन् । त्यस्तै जिल्लानगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याएका छन् ।
ढकालले कुल ५४.२६ प्रतिशत मत ल्याएर विजयी भएका छन् भने प्रधानले ४५.७४ प्रतिशत मत ल्याएका छन्।
यसअघिका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष भएका छन्। महासंघमा अब गोल्छाको अध्यक्षतामा नयाँ टिम बनेको छ।
- उपाध्यक्ष र केन्द्रीय सदस्यमा को को निर्वाचित भए?
महासंघको वस्तुगततर्फको उपाध्यक्षमा किशोर प्रधान पक्षका अञ्जन श्रेष्ठले ६२ मत ल्याएर विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी उमेश लाल श्रेष्ठलाई २५ मतले हराउदै विजयी भएका हुन। उमेशलाल श्रेष्ठले ३७ मतमा ल्याएका थिए।
वस्तुगततर्फको केन्द्रीय सदस्यमा १४ जना रहनेछन्। जसमा दुबै प्यानलका ७–७ जना निर्वाचित भएका छन् ।
वस्तुगततर्फ निर्वाचित सदस्यको नाम निम्न छ ।
प्रकाशमान सिंह कार्की
सुमित केडिया
अरनिको राजभण्डारी
नरेशलाल श्रेष्ठ
भक्त बहादुर हमाल
मनिषलाल प्रधान
मिनमान श्रेष्ठ
हेमराज ढकाल
आकाश अधिकारी
गोविन्द ढुंगेल
विष्णु गैरे
सकुनतला हिराचन
सुवोध गुप्ता
सन्दीप कुमार अग्रवाल
जिल्ला नगरतर्फको उपाध्यक्षमा किशोर प्रधान समूहबाट दिनेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले ५८ मत पाएका छन। उनका प्रतिस्पर्धी गुणनिधि तिवारीले ४७ मत पाएका छन्।
जिल्ला नगरदर्फ कुल १८ जना केन्द्रिय सदस्य रहनेछन्। त्यसमध्ये ११ जना किशोर प्रधान समुहका र ७ जना चन्द्र ढकाल समुहका सदस्य निर्वाचित भएका छन्।
जिल्ला नगरतर्फ निर्वाचित सदस्यको नाम निम्न छ ।
राजन श्रेष्ठ
तारानाथ घिमिरे
शोभाकान्त पौडेल
कमलकुमार श्रेष्ठ
गजेन्द्रकुमार भगत
चक्रबहादुर अधिकारी
अरुणराज सुमार्गी
देवकुमार श्रेष्ठ
रामेश्वर मानन्धर
कमानबहादुर खड्का
सुरकृष्ण वैद्य
कुविरकुमार श्रेष्ठ
डीबी बस्नेत
गोपाल केडिया
महेन्द्रकुमार श्रेष्ठ
उमेश डालमिया
किशोरकुमार आचार्य
अमृत भट्टचन
एशोसिएट उपाध्यक्षमा ढकाल समूहमा रामचन्द्र संघई निर्वाचित भएका छन्। उनले ४ सय ५५ मत पाएल्याएर विजयी भएका हुन्। उनको प्रतिस्पर्धी सौरभ ज्योतिले ४ सय ३४ मत ल्याएका छन्।
एशोसिएटमा १९ जना कार्यकारिणी सदस्य रहनेछन जसमा प्रधान समूहबाट १० जना र ढकाल समूहबाट ८ जना निर्वाचित भएका छन् ।
एशोसियट तर्फ निर्वाचित सदस्यको नाम निम्न छ ।
अम्बिकाप्रसाद पौडेल,
अबिनास बोहरा
आनन्द बगरिया
कृष्णलाल महर्जन
गोपाल खनाल
ज्योत्स्ना श्रेष्ठ
देशबन्धु बस्नेत
प्रवलजंग पाण्डे
भरतराज आचार्य
रन्जित आचार्य
राजेशकुमार अग्रवाल
विजयसिंह वैद्य
शक्तिकुमार बेगानी
साहिल अग्रवाल
सैलेन्द्र गुरागाई
शुसील थापा
हेमन्त गोल्छा
मंगेशलाल श्रेष्ठ र बिराट थापाको भने बराबर आएको छ । उनीहरूकाे गाेलाप्रथाबाट निर्णय लिइने निर्वाचन समितिले जनाएकाे छ ।