नेप्सेले यस साता १९०० को मनोवैज्ञानिक विन्दु परीक्षण गर्ने

Nov 29, 2020 08:09 AM Merolagani

प्रत्येक अवाले

अल टाइम हाइ रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको नेप्सेले यस साता १९०० को मनोवैज्ञानिक विन्दु परीक्षण गर्ने देखिएको छ। गत साताको अन्तिम कारोबार दिन पनि सो विन्दु परीक्षण गरी ओर्लिएको नेप्से १८९३.२५ विन्दुमा बन्द भएको थियो।

अलटाइम हाइ भोल्यूमसहित अलटाइम हाइ रेकर्ड तोडेकोले लगानीकर्ताहरुले यसलाई बुलिश यात्राको पहिलो पाइलाका रुपमा लिएका छन्। यस साता १९०० विन्दुभन्दा माथि रहेमा नेप्सेले बुलिश यात्रालाई निरन्तरता दिने पक्का हुने विश्लेषकहरुको भनाइ छ।

यस साता नेप्से उकालो लागेमा १९२५ वरीपरि प्रतिरोधको सामना गर्ने देखिन्छ। गत साताको अन्तिम कारोबार दिन नेप्से १९२७ विन्दुसम्म पुगेको थियो। त्यसैगरी, यस साता नेप्से ओरालो लागेमा भने १८५१.५३ विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेको ५ दिने इएमए र २० दिने इएमए एक आपसमा टाढिएका छन्। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ। गत साताको अन्तिम कारोबार दिन नेप्सेले अन्योलता संकेत गर्ने मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु अब बजार कता जान्छ भन्ने अन्योलमा रहेको बताउँछ।

गत साता भोल्यूम पनि उच्च बढेको छ। अघिल्लो साताको तुलनामा गत साता नेप्सेको दैनिक औषत कारोबार रकम ५२.६० प्रतिशत बढेको छ। नेप्सेको पछिल्लो २० दिनको औषत भोल्यूम ४ अर्ब १३ करोड रहेको छ। उच्च भोल्यूम सहित रेकर्ड तोडिएकोले लगानीकर्ताहरु बुल यात्रा शुरु भएकोमा केही विश्वस्त देखिएका छन्।

फियर एण्ड ग्रीड मिटरमा नेप्से १०० तिर अघि बढी रहेको छ। यसले आगामी दिनमा लगानी गर्न विचार गर्नुपर्ने संकेत गर्दछ।

उत्पादन तथा प्रशोधन उपसमूह

गत साता उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक बढेको थियो। सो साता सो उपसमूह १४.९३ प्रतिशत अर्थात ५७२.२२ विन्दु बढेर ४४०६ विन्दुमा पुगेको छ। यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ४६०० विन्दु वरिपरि प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ४२०० विन्दु वरिपरि टेवा पाउने देखिन्छ।

विस्तृत प्राविधिक विश्लेषण मेराेलगानी न्यूजलेटरमा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।