असोजमा आईपीओ निष्काशन गरेको जनरल इन्स्योरेन्सको खुद नाफा ३०७ प्रतिशतले बढ्यो

Nov 29, 2020 10:26 AM Merolagani

गत असोजमा आईपीओ निष्काशन गरेको जनरल इन्स्योरेन्स कम्पनी (GIC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३०७.६३ प्रतिशत अर्थात १ करोड ७९ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ५८ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ९ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड ७० लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ७ करोड ५ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट २ करोड ४७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ४० लाख रुपैयाँ आम्दानी गरेको छ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुगेको छ। यस्तै, कम्पनीको जगेडा कोषमा ५ करोड ७२ लाख, बीमा कोषमा ६ करोड २९ लाख र महाविपत्ती जगेडा कोषमा ६३ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिसम्ममा इन्स्योरेन्सले कुल १९ हजार ९२० बीमालेख जारी गरी १९ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको २ हजार ७९३ वटा बीमालेखहरु नविकरण भएका छन्।

कम्पनीले कुल १९७ वटा दाबी बापत २ करोड ८५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६१९ वटा दाबी बापत १२ करोड ३४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५१ पैसा, प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६६ पैसा र मुल्य आम्दानी अनुपात ३८.६८ गुणा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।