प्राइम लाइफले घोषणा गर्यो १५ प्रतिशत लाभांश, बोनस कति?

Nov 29, 2020 10:21 AM Merolagani

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट आर्थिक वर्ष २०७५/७६ को लागि हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यस अनुसार इन्स्योरेन्सले १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँ बराबरको बोनस शेयर र १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ। मंसिर १२ गते शुक्रबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।