जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र यी कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
कुमारी बैंक (KBL) ले गत आर्थिक वर्षको कमाइबाट हाल कायम चुक्ता पूँजीको ३.१५ प्रतिशत नगद लाभांश तथा १०.८५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा डाकेको छ। बैंकले आफ्नो रजिष्ट्रार कार्यालय, टंगाल, काठमाडौँमा बिहान साढे ११ बजे सभा डाकेको हो।
त्यसैगरी, रिडी हाइड्रोपावर (RHPC) ले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चितिबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस तथा सोको कर प्रयोजर्ना ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २६ गते साधारण सभा बोलाएको छ।
त्यस्तै, साल्ट ट्रेडिङ्ग (STC) ले २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव सहित मंसिर ३० गते साधारण सभा डाकेको छ।