बैंकिङ्ग र विकास बैंक उपसमूहको परिसूचक बढेसँगै नेप्सेले तोड्यो गत बिहीबारको रेकर्ड

Nov 29, 2020 03:40 PM Merolagani

साताको पहिलो कारोबार दिन बैंकिङ्ग र विकास बैंक उपसमूहको परिसूचक बढेसँगै नेप्सेले गत बिहीबारको अलटाइम हाइ रेकर्ड तोडेको छ।

आइतबार नेप्से परिसूचक ७५.०२ अंक अर्थात ३.९६ प्रतिशत बढेर १९६८.२७ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो। यस दिन नेप्सेसँगै कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। यस दिन २०० कम्पनीको ८० हजार २७१ पटकको कारोबारमा ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार रुपैयाँ बराबरको २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १८.७६ अंंक बढेर ३८३.९३ विन्दुमा पुगेको छ। यस दिन फ्लोट इण्डेक्स ६.२९ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ७.४ अंक बढेको छ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ८.११ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन ७.८१ प्रतिशत बढेको छ। नेप्सेले गत साता अलटाइम हाइ रेकर्ड तोड्दासम्म पनि खासै नबढेका कारण यी दुई उपसमूहमा लगानीकर्ताहरु अहिले आकर्षित भएका हुन्।

यस दिन जीवन बीमा उपसमूहको परिसूचक २.२४ प्रतिशत, हाइड्रोपावरको १.८ र फाइनान्सको १.३७ प्रतिशत बढेको छ।

कारोबारमा आएको व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन घटेका छन्।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ५१ करोड ७९ लाख ९१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, कुमारी बैंकको यस दिन ४० करोड ८० लाख ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यस बैंकमा लगानीकर्ताहरु आकर्षित भएका हुन्।

यस दिन १० भन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा करोबार भएको छ। यस दिन ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट र सेञ्चुरी कमर्शियल बैंकको शेयरमूल्य १० प्रतिशत बढेको छ। त्यसैगरी, सनराइज बैंक, माछापुच्छ्रे बैंक, लगायतका बैंकहरुको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

नेप्से उच्च अंक बढेको दिन विशाल बजार कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गत साता उच्च अंकले बढेको यस कम्पनीको शेयरमूल्यमा यस दिन करेक्सन भएको हो।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।