अरुण भ्याली हाइड्रोपावरको लाभांश प्रस्ताव, बाेनसपछि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने

Nov 29, 2020 03:45 PM Merolagani

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी(AHPC) ले लाभांश प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको मंसिर १४ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश आगामी २३ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछ ।

यस्तै २१ औं वार्षिक साधारण सभाले पारित गरेको १ः१ अनुपातको हकप्रद शेयर मध्ये प्रथम चरणमा काबेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपूँजी लगानीको लागि २३ औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको एक बराबर ०.५ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताब पनि गरेको छ ।

उक्त प्रस्ताव आगामी २३ औं वार्षिक साधारण सभामा लैजाने निर्णय बैठकले गरेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।