सुसूचित भई सजगतापुर्वक लगानी गर्न धितोपत्र बोर्डको आग्रह

Nov 30, 2020 04:33 PM Merolagani

नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्ताहरुलाई सुसूचित भई सजगतापूर्वक लगानी गर्न आग्रह गरेको छ। पछिल्लो समय दोस्रो बजारको कारोबार रकम र नेप्से सूचकमा नयाँ रेकर्ड कायम गरेपछि बोर्डले लगानीकर्ताहरुलाई उक्त आग्रह गरेको हो।

बोर्डले दोस्रो बजारमा कायम भएको नयाँ रेकर्ड पूँजी बजारको लागि खुशिको रहेको जनाउदै लगानीकर्ताहरुले पूँजी बजारको स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाको आधारभुत तथा प्रविधिक पक्ष ऐन नियकको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विश्लेषण गरी लगानी गर्न आग्रह गरेको छ।

यस्तै बोर्डले मुलुकको अर्थतन्त्रको विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका रहने सन्दर्भमा पूँजीबजारको विकास र बिस्तार गर्दै यसको सूक्ष्म रूपमा अनुगमन तथा सुपरिवेक्षण समेत गरिरहेको जनाएको छ।

बोर्डले धितोपत्र बजारको नियमन गर्ने निकायको रुपमा लगानीकर्ताहरुलाई बजारको विविध पक्षका बारेमा समय समयमा प्रेस विज्ञप्ती, प्रकाशन, वेभसाइट तथा विभिन्न सञ्चार माध्यममार्फत समसायिक विषयमा जानकारी गराउँदै जनाएको समेत प्रष्ट पारेकाे छ।

बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिव ७.२५ प्रतिशत) रहेको तथा नेप्सेको अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेकाले नेपालको धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य वृद्धि भएको बाेर्डले जनाएकाे छ। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।