समितिले कृषि तथा पशुपन्छी क्षेत्रमा हुने जोखिमलाई बीमामाध्यमबाट न्युनीकरण गरी प्रवर्धन गर्न बीमा ऐन अनुसार समय सापेक्षा परिमार्जन गरिएको जनाएको छ ।
परिमार्जित निर्देशिका अनुसार हरेक निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमा गर्नुपर्नेछ । हाल तोकिएको जिल्लाहरुमा अनिवर्या रुपमा बीमा कम्पनीहरुले व्यवसाय संचालन गर्ने पर्नेछ भने अन्य जिल्लाहरुमा समेत बीमा व्यवसाय गर्न पाउने व्यवस्था निर्देशिकामा उल्लेख छ ।
समितिले निर्देशिका अनुसार समय समयमा तोकिएका जिल्लाहरुसमते हेरफेर गर्न सकिनेछ ।
हरेक कम्पनीले वार्षिक रुपमामा विक्री गर्ने कुल बीमालेखको संख्य मध्ये कम्तीमा पाँच प्रतिशत कृषि तथा पशुपन्छी बीमालेख विक्री गर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाको पूर्ण पाठ यस्तो छ ।