साधारण सभाले २०७६÷७७ सम्मको संचित मुनाफाबाट २०७६ आसार मसान्तसम्ममा कायम भएको चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।