कामना सेवा विकास बैंकको डिवेञ्चर प्रत्याभूतीकर्तामा नागरिक लगानी कोष

Nov 30, 2020 06:32 PM Merolagani

कामना सेवा विकास बैंकको (KSBBL) एक हजार रुपैयाँ अंकित दरका दश लाख कित्ताको ऋणपत्र प्रत्याभुतीकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको छ । डिवेञ्चर प्रत्याभूतीकर्ता सम्झौता–पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका हुन् ।

यसै साथ नेपाल राष्ट बैंकबाट ‘ख’ वर्गको इजाजत पत्रप्राप्त बैंकहरुमा कामना सेवा ऋणपत्र निष्काशन गर्ने पहिलो विकास बैंक बनेको छ भने नागरिक लगानी कोषले ऋणपत्र प्रत्याभुूती गरेको पनि यो प्रथम पटक हो । यस ‘९५ केएसबीबीएल डिबेञ्चर २०८७’  ऋणपत्रको अवधि १० बर्षको रहेको अर्धबार्षिक, ब्याज प्रदान हुने साथै सेबोनको स्विकृति पश्चात यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।

कार्यक्रममा प्रत्याभूतीकर्ता नागरिक लगानी कोषको मर्चेन्ट बैंक विभाग प्रमुख नारायण प्रसाद घिमिरे, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना, निष्काशन विभाग प्रमुख राम कुमार महत तथा निष्काशनकर्ता कामना सेवा विकास बैंकका जोखिक व्यवस्थापन विभाग प्रमुख प्रदिप पुडासैनी समेतको उपस्थिती रहेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।