सानिमा बैंकबाट कर्पोरेट पे प्रणालीको थालनी

Dec 01, 2020 11:57 AM Merolagani

सानिमा बैंकले (SANIMA) आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक कर्पोरेट पे प्रणाली मार्फत शूरु गरेको छ । कर्पोरेट पे सोल्युसन नेपाल क्लियरिङ्ग हाउसद्धारा प्रवर्धित बैंकिङ्ग कारेबार गर्ने विद्युतीय माध्यम हो ।

बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणाली मार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु बैंक खाताबाट सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी गर्न सक्नेछन् ।

कर्पोरेट पेमा आबद्ध हुनका लागि व्यवसायिक ग्राहकले आवश्यक प्रकृया पूरा गरी आफैले तोकेको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । यस प्रणालीमा मल्टि लेयर अथेन्टिकेसनको सुरक्षित व्यवस्था गरिएको छ । कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र प्रयोग गर्न पाउने छन् ।

डिजिटल भुक्तानी प्रणालीलाई प्रर्वद्धन गर्दै आएको सानिमा बैंकले यस प्रणालीेको थालनीलाई एक महत्वपूर्ण कदमको रुपमा समेत लिएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

 

 

 

 

 

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।